मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ४.०७ प्रतिशतले बढेर ९ करोड ६२ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
इम्पेरमेन्ट चार्ज बढे पनि खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानीमा भएको सुधारका कारण नाफा बढेको हो।
तेस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ६७.०५ प्रतिशतले बढेर २२ करोड १५ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी १३.९६ प्रतिशतले बढेर २५ करोड ५७ लाख रुपैयाँमा पुगेको छ। यता, इम्पेरमेन्ट चार्ज २१ लाख ४८ हजारबाट बढेर २ करोड २५ लाख रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा अनुपात ०.३० प्रतिशतबिन्दुले घटेर ०.४८ प्रतिशतमा सीमित भएको छ।
समीक्षा अवधिमा बैंकले ८ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको वितरणयोग्य नाफा १० करोड ७ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता ९.९० प्रतिशत रहेको छ।
बैंकको चुक्ता पूँजी १ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४७ करोड ९० लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४१ पैसा बढेर १० रुपैयाँ ५४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३९.३६ रुपैयाँ रहेको छ।












![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)


![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया