मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीका बैंक खातामा नगद लाभांश जम्मा गरेको छ। बैंकले मंसिर ६ गते सम्पन्न साधारण सभाबाट स्वीकृत १० प्रतिशत नगद लाभांश (करसहित) मंसिर ७ गतेदेखि आईपीएसमार्फत भुक्तानी गर्न सुरु गरेको हो। कात्तिक २२ गतेसम्म हितग्राही खातामा आफ्नो बैंक विवरण अद्यावधिक गराएका सेयरधनीहरूले सोही अनुसार लाभांश प्राप्त गरिसकेका छन्।
कम्पनीले खातामा नगद लाभांश नपाएका सेयरधनीहरूलाई आफ्नो डिम्याट खाता र बैंक खाता अपडेट गर्न आग्रह गरेको छ, जसपछि मात्र लाभांश प्राप्त गर्न सकिनेछ। हितग्राही खातामा राखिने बैंक खाता नम्बर सेयरधनी स्वयंको नाममा हुनुपर्ने र सो खाता नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) अन्तर्गत आईपीएस सदस्य बैंक वा वित्तीय संस्थामा खोलिएको हुनुपर्ने बैंकले स्पष्ट पारेको छ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया