सर्वाधिक नाफा कमाउने बैंक बन्यो नबिल, तेस्रो त्रैमासमा कमायो ५ अर्ब नाफा

Advertisement Ads
सर्वाधिक नाफा कमाउने बैंक बन्यो नबिल, तेस्रो त्रैमासमा कमायो ५ अर्ब नाफा
Advertisement Ads

नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८.२१ प्रतिशतले बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी ०.२० प्रतिशतले घटेर १५ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ। इम्पेयरमेन्ट चार्ज ३ अर्ब २३ करोड रुपैयाँबाट घटेर २ अर्ब २९ करोड रुपैयाँमा आएको छ।

 

पुरा समाचार पढ्नुहोस्: स्ट्याण्डर्ड चार्टर्ड बैंकको ईपीएसमा गिरावट, खुद नाफा ११ प्रतिशतले घट्यो | BAJARKO CHIRFAR

खराब कर्जा अनुपात ०.३४ प्रतिशतबिन्दुले बढेर १.५९ प्रतिशत पुगेको छ।

Advertisement Ads

समीक्षा अवधिमा बैंकले ५ खर्ब २ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको भने वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ र जगेडा कोषमा ३१ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ।

समाचार पढ्नुहोस्: इम्पेयरमेन्ट चार्ज बढेपनि एनएमबिको नाफा किन बढ्यो ?

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ६५ पैसाले बढेर २४ रुपैयाँ ८९ पैसामा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा रहेको छ।

NABIL https://bajarkochirfar.com/nabil-becomes-the-most-profitable-bank-earning-5-billion-rupees-in-profit-in-the-third-quarter | %tags

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स