insta insta

इम्पेयरमेन्ट चार्ज बढेपनि एनएमबिको नाफा किन बढ्यो ?

इम्पेयरमेन्ट चार्ज बढेपनि एनएमबिको नाफा किन बढ्यो ?
Advertisement Ads

एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५.८८ प्रतिशतले बढेर २ अर्ब ३७ करोड रुपैयाँमा पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

इम्पेयरमेन्ट बढेपनि खुद ब्याज आम्दानी बढेको कारण नाफा बढ्न पुगेको हो।

खुद ब्याज आम्दानी १९.१६ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी १०.६६ प्रतिशतले बढेर ३ अर्ब ५६ करोड रुपैयाँमा पुगेको छ। इम्पेयरमेन्ट चार्ज ८० करोड रुपैयाँबाट बढेर १ अर्ब २९ करोड रुपैयाँमा आएको छ।

खराब कर्जा अनुपात १.६१ प्रतिशतबिन्दुले बढेर ४.४७ प्रतिशत पुगेको छ।

पुरा समाचार पढ्नुहोस्: लक्ष्मी सनराइज बैंकको तेस्रो त्रैमासमा खुद नाफा २.२४% बढ्यो ब्याज आम्दानी ७.३१% घट्यो | BAJARKO CHIRFAR

समीक्षा अवधिमा बैंकले २ खर्ब ६९ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १ अर्ब ३१ करोड रुपैयाँ र जगेडा कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ०.९६ रुपैयाँले बढेर १७ रुपैयाँ २३ पैसामा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८८ पैसा रहेको छ।

NMB https://bajarkochirfar.com/why-did-nmbs-profit-increase-even-though-the-impairment-charge-increased | %tags

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स