स्ट्याण्डर्ड चार्टर्ड बैंकको ईपीएसमा गिरावट, खुद नाफा ११ प्रतिशतले घट्यो

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ईपीएसमा गिरावट, खुद नाफा ११ प्रतिशतले घट्यो

स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ११.१७ प्रतिशतले घटेर २ अर्ब १७ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४४ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी १७.३३ प्रतिशतले घटेर ३ अर्ब २४ करोड रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी १०.४७ प्रतिशतले घटेर ४ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ। इम्पेयरमेन्ट चार्ज २५ करोड रुपैयाँबाट घटेर ऋणात्मक १० करोड रुपैयाँमा आएको छ।

यो पनि पढ्नुहोस्: इम्पेयरमेन्ट चार्ज बढेपनि एनएमबिको नाफा किन बढ्यो ? | BAJARKO CHIRFAR

खराब कर्जा अनुपात ०.७० प्रतिशतबिन्दुले घटेर १.४४ प्रतिशत आएको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब २२ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी १० अर्ब ४ करोड २३ लाख रुपैयाँ रहेको भने वितरणयोग्य नाफा १ अर्ब ४७ करोड रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ४२ करोड रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ७४ पैसाले घटेर २८ रुपैयाँ ८६ पैसामा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ४० पैसा रहेको छ।

SCB https://bajarkochirfar.com/standard-chartered-banks-eps-declines-net-profit-drops-11-percent | %tags

 

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स