स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न मंसिर २९ गते, सोमबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरू पनि पारित हुनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबारमा रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया