स्ट्यान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब बढी, नाफा संगै ईपीएस पनि घट्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २१ गते
स्ट्यान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब बढी, नाफा संगै ईपीएस पनि घट्यो

स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १९.७२ प्रतिशतले घटेर ६९ करोड २१ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ८.२६ प्रतिशतले घटेर १ अर्ब ७ करोड २४ लाख रुपैयाँमा सिमित भएको छ। यस्तै, कुल सञ्चालन आम्दानी ३.६७ प्रतिशतले घटेर १ अर्ब ६८ करोड रुपैयाँमा सिमित भएको छ भने सञ्चालन मुनाफा १९.६६ प्रतिशतले घटेर ९८ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ। बैंकले इम्पेयरमेन्ट चार्जका लागि १७ करोड ८६ लाख रुपैयाँ छुट्टाएको छ।

बैंकको खराब कर्जा अनुपात ०.२४ प्रतिशतबिन्दुले घटेर १.७१ प्रतिशतमा सिमित भएको छ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा  २ अर्ब ४१ करोड १० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ४० पैसा छ। गत बर्ष वितरणयोग्य मुनाफा ३ अर्ब १९ करोड ३७ लाख रुपैयाँ थियो भने र वितरणयोग्य प्रतिसेयर आम्दानी ५७ रुपैयाँ १६ पैसा थियो।

बैंकको चुक्ता पूँजी १० अर्ब ४ करोड २३ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा २ अर्ब ४१ करोड १० लाख रुपैयाँ र रिजर्भमा ९ अर्ब ९१ करोड १९ लाख रुपैयाँ सञ्चित रहेको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब २९ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँले घटेर २७ रुपैयाँ ५७ पैसामा सिमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ ६१३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.२ गुणा कायम छ।

SCB 1 https://bajarkochirfar.com/standard-chartered-banks-distributable-profit-increases-by-3-billion-eps-also-decreases-along-with-profit | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स