स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि मंसिर १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश र साधारण सभा प्रयोजनका लागि मंसिर १६ गते बुक क्लोज गर्दैछ। जस अनुसार, मंसिर १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागी हुन र लाभांशका लागि योग्य हुनेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २९ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान १० बजे ३९ औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभामा बोनस सेयरको प्रस्ताव पारित गर्नुका साथै साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरू पनि पारित हुनेछन्।





![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)



![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया