स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भोलि मंसिर १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ।
यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरूलाई बैंकको साधारण सभामा सहभागी हुने र प्रस्तावित लाभांश प्राप्त गर्ने अधिकार रहनेछ।
बैंकले आउँदो मंसिर २९ गते, सोमबार, काठमाडौँस्थित आर्मी अफिसर्स क्लब, भद्रकालीमा ३९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १०:०० बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १९% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्नेजस्ता अन्य प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।

















![बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/w3oKZvBNr5g-maxresdefault-150x150.jpg)


प्रतिकृया