एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा २५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको तुलनामा ५६.५५ प्रतिशत बढी हो। कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको कुल आम्दानी पनि बढेको छ। गत आर्थिक वर्ष ५ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा कुल आम्दानी चालू आर्थिक वर्षमा बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बीमाशुल्क आम्दानी गत आवमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर १४ रुपैयाँ ७२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २३ पैसा रहेको छ।
चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीले रिटेन्ड अर्निङमा ५६ करोड ३७ लाख रुपैयाँ र महाविपत्ति कोषमा २५ करोड २२ लाख रुपैयाँ सञ्चित गरेको छ।



















प्रतिकृया