एनएमबी बैंकमा जागिर खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २२ गते
एनएमबी बैंकमा जागिर खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

एनएमबी बैंक लिमिटेडले ई–एन्ड–एस अफिसर (जुनियर अफिसर/अफिसर) पदका लागि दरखास्त माग गरेको छ।

बैंकले वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली (ESMS) कार्यान्वयन, जलविद्युत् तथा अन्य परियोजनामा E&S समिक्षा, ड्यु–डिलिजेन्स, साइट भिजिट, क्रेडिट प्रस्ताव मूल्यांकन र गुनासो व्यवस्थापनजस्ता जिम्मेवारी सम्हाल्न अनुभवी कर्मचारी खोजिरहेको छ।

उम्मेदवारले वातावरण विज्ञान/इन्जिनियरिङ वा सम्बन्धित विषयमा स्नातकोत्तर डिग्री र जलविद्युत् क्षेत्रमा ३–५ वर्षको E&S अनुभव हुनु आवश्यक छ। IFC Performance Standards, EPA/EPR, श्रम ऐन र नेपाल राष्ट्र बैंकको E&S Risk Management Guidelineबारे राम्रो ज्ञान अनिवार्य छ।

इच्छुकले अद्यावधिक CV र कभर लेटर सहित पुस ७ गते भित्र [email protected] मा आवेदन दिनुपर्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स