सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा हाल बैंकका विद्यमान र अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (कात्तिक १३ गते) बाट ३५ दिन भित्र बैंकको कर्पोरेट कार्यालय, बिराटनगर मोरङमा आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया