हिमालयन लाइफ इन्स्योरेन्सले विभिन्न बीमा योजनाका लागि नयाँ बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भएपछि बोनस दर कायम गरेको हो।
यस अनुसार सावधिक बीमा योजनामा बीमितहरूले प्रतिहजार न्यूनतम २७ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँ बोनस पाउनेछन्। सावधिक तथा आजीवन बीमा योजनामा बोनस दर न्यूनतम ३६ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ कायम भएको छ।
अग्रिम भुक्तानी सावधिक योजनामा बीमितहरूले न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्मको बोनस पाउनेछन्, भने जीवन उपहार (अग्रिम भुक्तानी) योजनामा ४८ रुपैयाँ र जीवन उपहार (सावधिक) योजनामा प्रतिहजार ३२ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ।
सावधिक बीमा योजनामा प्रतिहजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७६ रुपैयाँ, आजीवन बीमा योजनामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँ, र अग्रिम भुक्तानी सावधिक योजनामा न्यूनतम ३४ रुपैयाँदेखि अधिकतम ४६ रुपैयाँ बोनस दर निर्धारण भएको कम्पनीले जनाएको छ।















![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया