सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८१.७७ प्रतिशतले थोरै हो। गत वर्ष कम्पनी ४६ करोड ९२ लाख रुपैयाँ घाटामा छ ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ६३ करोड रुपैयाँबाट घटेर ३४ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको वित्तीय खर्च पनि घटेको छ । अघिल्लो वर्ष कम्पनीको वित्तीय खर्च २५ करोड ९५ लाख रुपैयाँ थियो जुन अहिले ७ करोड ७४ लाख रुपैयाँमा झरेको छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि १३ करोड ४६ लाख रुपैयाँबाट ऋणात्मकबाट घटेर २ करोड ८२ लाख रुपैयाँमा ऋणात्मकमा सीमित भएको छ। ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड ५४ लाख रुपैयाँ सञ्चित छ, भने सेयर प्रिमियम १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ १३ पैसा ऋणात्मक रहँदा प्रतिसेयर नेटवर्थ भने १६० रुपैयाँ ४५ पैसा कायम भएको छ।


















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)


प्रतिकृया