लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ। गत शुक्रवार बसेको बोर्ड बैठकले कम्पनीलाई ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो।
कम्पनीले अब २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ, जसका लागि विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरिएको छ।
कम्पनीले गत वर्ष असोज २९ गते हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको थियो। हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड रहेको छ, जुन हकप्रद बाँडफाँटपछि ५ अर्ब पुग्नेछ।









![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)








प्रतिकृया