SHAREHUBSHAREHUB

२१.०५ प्रतिशत लाभांश पारित गर्दै एलआइसी नेपालको साधारण सभा सम्पन्न

AdvertisementAds
२१.०५ प्रतिशत लाभांश पारित गर्दै एलआइसी नेपालको साधारण सभा सम्पन्न
AdvertisementAds

एलआइसी नेपाल लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सम्पन्न भएको हो ।

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

सभामा अध्यक्षद्वारा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको छ । साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिएको छ ।

यसैगरी, सभाले लेखा परीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । बहालवाला लेखापरीक्षक श्री केजे एशोशिएट्स पुनः नियुक्त हुन योग्य हुने प्रस्तावसमेत सभाले अनुमोदन गरेको छ ।

सभाले संस्थापक सेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरू तथा स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गरेको छ । साथै, सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

AdvertisementAds

कम्पनी ऐन २०६३ को दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०८१/८२ मा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका खर्चहरूको अनुमोदन गरिएको छ । अध्यक्षको अनुमतिमा अन्य विविध विषयहरू पनि सभाले पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स