चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सुपर मादी हाइड्रोपावरको खुद नाफा ५०.८४ प्रतिशतले बढेर १६ करोड १३ लाख १ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १० करोड ६९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। असोज मसान्तसम्म आइपुग्दा सुपर मादीको चुक्ता पुँजी २ अर्ब १० करोड र जगेडा कोष ३० करोड ५ लाख रुपैयाँमा पुगेको छ।
सुपर मादीको विद्युत् बिक्रीबाट हुने आम्दानी २.५७ प्रतिशतले घटेर ४२ करोड १५ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको यसै अवधिमा ४३ करोड २७ लाख १५ हजार रुपैयाँ थियो।वित्तीय खर्च भने २९.३२ प्रतिशतले घटेर १६ करोड ३५ लाख ४१ हजार रुपैयाँमा झरेको छ, जबकि अघिल्लो वर्षको यसै अवधिमा वित्तीय खर्च २३ करोड १३ लाख ८५ हजार रुपैयाँ थियो।प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३१ पैसा रहेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया