सिटिजन्स बैंकले चालू आव २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले १९ करोड ८२ लाख रुपैयाँको खुद नाफा कमाएको छ, जुन गत वर्षको ४० करोड २४ लाख रुपैयाँको नाफासँग तुलना गर्दा निकै कम रहेको छ।
बैंकको सञ्चालन नाफा पनि ५०.१७% ले घटेको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ र रिजर्व कोष ६ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। असोज मसान्तसम्म बैंकको खराब कर्जाको प्रतिशत ५.४१६% पुगेको छ, जुन गत वर्षको ३.९७% को तुलनामा बढेको हो। प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५८ पैसा पुगेको छ, जुन गत वर्ष ११ रुपैयाँ ३४ पैसा थियो । प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६२ पैसा छ।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया