सिटिजन्स बैंकले आफ्नो संस्थापक समूहका १४ लाख ४४ हजार ८४.९३ कित्ता सेयर बिक्रीमा राखेको छ। हालका लागि यो सेयर विद्यमान संस्थापक सेयरधनीले खरिदका लागि आवेदन दिन सक्नेछन्।
सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनको अवधि भित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको काठमाडौं, नारायणहिटी पथस्थित केन्द्रीय कार्यालयमा पेश गर्न सकिनेछ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ। यदि तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त भएन भने, बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिने बैंकले जनाएको छ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया