श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको मंगलबार मंसिर ६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।




















प्रतिकृया