विन्ध्यबासीनी हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा मंसिर ६ गते

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १४ गते
विन्ध्यबासीनी हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा मंसिर ६ गते

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट ८% बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई बोनस वितरण गर्ने निर्णय गरेको हो। 

कम्पनीले मंसिर ६ गते, बिहीबार, बिहान ११ बजे नयाँ बानेश्वर, काठमाडौँस्थित आफ्नै कार्यालयमा भौतिक र भर्चुअल माध्यमबाट आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ। यस सभामा लाभांश वितरणको प्रस्तावसँगै सञ्चालक समितिको संख्या संशोधन, लेखापरीक्षक नियुक्ति, लगायतका अन्य एजेन्डाहरू पनि पारित गरिनेछ।

साधारण सभा र लाभांश वितरणको लागि कम्पनीले कात्तिक २८ गते एक दिनको बुकक्लोज मिति तोकेको छ। यस अनुसार, कात्तिक २७ गतेसम्म कायम रहेका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स