सानिमा माई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २१.३९ प्रतिशतले कम हो। कम्पनीले गत वर्षको सोही अवधिमा २५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्रीबाट आम्दानी ३२ करोड ९८ लाखबाट घटेर २६ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफामा प्रत्यक्ष असर पुर्याएको हो। समिक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २ करोड ६७ लाखबाट घटेर २ करोड २४ लाख रुपैयाँमा झार्न झरेको छ।
कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा १ अर्ब २९ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी ५.९४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८४.०३ रुपैयाँ कायम भएको छ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया