ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा-पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा बैंकले ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । मंसिर ७ गते शुक्रबार र मंसिर ८ गते शनिबार परेको हुँदा त्यसदिन सेयर बजार बन्द हुन्छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया