लाभांश पारित गर्न सुपर माई हाइड्रोपावरको साधारण सभा बस्दै, बुक क्लोज मिति कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ४ गते
लाभांश पारित गर्न सुपर माई हाइड्रोपावरको साधारण सभा बस्दै, बुक क्लोज मिति कहिले ?

सुपर माई हाइड्रोपावर लिमिटेडको साधारण सभा मङ्सिर २८ गते बस्ने भएको छ। मङ्सिर २ गते बसेको सञ्चालक समितिको बैठक ले साधारण सभा काठमाडौंको नक्सालस्थित लीलसरा रिसेप्सनमा हुने निर्णय गरेको छ।

सभामा हाल कायम चुक्तापुँजीको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

सभा प्रयोजनका लागी कम्पनीले मङ्सिर १६ गते बुक क्लोज गर्ने भएको छ। जस अनुसार, मङ्सिर १५ गते सम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स