राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी चुनावबाट सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन सक्रियता देखाएको जनाएको छ।
प्रदेशको तर्फबाट रिपोर्ट प्रस्तुत गर्दै सभापति राजन गौतमले आफू चुनाव नलड्ने तर लामिछानेलाई प्रधानमन्त्री बनाउने इच्छाशक्ति रहेको बताएका छन्। “एकपटक रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने रहर छ। बरु म चुनाव लड्दिनँ,” उनले भने।
गौतमले तनहुँ र चितवन उपनिर्वाचनले पार्टीलाई उत्साहित बनाएको भए पनि इलाम उपनिर्वाचनले संयमित बनाएको बताएका छन्। गण्डकीमा मनाङ र मुस्ताङमा पार्टीको सङ्गठन कमजोर रहेको र आर्थिक समस्यासमेत रहेको बताएका छन्। “प्रदेश सञ्चालन खर्च गाह्रो छ, केन्द्रबाट सहयोग छैन,” उनले थपे।
उनले प्रदेश खारेजी र धर्ममा जनमत सङ्ग्रह गरेर संविधान संशोधन गर्नुपर्ने र आगामी ०८४ को चुनावअघि पार्टी सरकारमा नजाने बताएका छन्।
















प्रतिकृया