लामिछानेको स्पष्टीकरण, “पैसा चेकबाट खर्च गरिएको हो, एमडी भएर घाँस काट्ने कुरा आउँदैन चेक नै काटिन्छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३१ गते
लामिछानेको स्पष्टीकरण, “पैसा चेकबाट खर्च गरिएको हो, एमडी भएर घाँस काट्ने कुरा आउँदैन चेक नै काटिन्छ”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडियामा आएको पैसा खर्च गर्न प्रबन्ध निर्देशकको हैसियतमा चेक काटेको बताएका छन्। लामिछाने ग्यालेक्सी टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडियाका प्रबन्ध निर्देशक थिए।

सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा लामिछाने सहकारीको बचत अपचलनमा दोषी ठहरिएका छन्। सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिइसकेका छन्।

प्रतिनिधि सभा बैठकपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले सहकारी समस्यामा व्यक्तिहरूपरि दोषारोपण नगरी समाधान खोज्नुपर्ने बताए।

लामिछानेले भने, “अझै पनि भास्य निर्माण गर्न त्यसबाट गएको पैसा चलाएको भनिएको छ। पैसा चेकबाट खर्च गरिएको हो, एमडी भएर घाँस काट्ने कुरा आउँदैन। चेक नै काटिन्छ।”

उनले प्रचलित कानुन अनुसार कुनै गल्ती भएमा सजाय भोग्नुपर्ने बताएका छन्।

“जुन विषयमा मलाई लाञ्छना लागेको थियो, समितिले त्यसलाई प्रष्ट बनाएको छ। कानुनअनुसार गल्ती भएमा सजायको भागीदार हुनुपर्छ। गोर्खा मिडिया सञ्चालनमा मबाट गल्ती भएको छ भने, पैसा सञ्चालनमा कुनै कमजोरी भएमा भागीदार हुनुपर्छ। त्यसैले प्रतिवेदनमा सहमति जनाएका छौं,” उनले थपे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स