मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा: कात्तिक २१ देखि मंसिर ५ सम्म आवेदन खुला

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २२ गते
मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा: कात्तिक २१ देखि मंसिर ५ सम्म आवेदन खुला

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर  बिक्रीमा ल्याएको छ। कम्पनीले कात्तिक २१ गतेदेखि मंसिर ५ गतेसम्म आवेदन दिन सकिने गरी सेयर बिक्रीमा ल्याएको हो। विद्यमान संस्थापक सेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने व्यवस्था मिलाइएको छ।

प्रतिकित्ता रु. ४०० अंकित मूल्यमा उपलब्ध यी सेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा आवेदन पेश गर्नुपर्नेछ। इच्छुक खरीदकर्ताले न्यूनतम १ हजार  कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन्। आवेदन गर्न चाहनेले कम्पनीको केन्द्रिय कार्यालय, ढल्केवर, धनुषामा सम्पर्क गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स