मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड १६ लाख ४६ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको घटा ७३ लाख ६३ हजार रुपैयाँ मात्र थियो। समिक्षा अवधिमा कम्पनीको घाटा बढेको देखिन्छ।
हाइड्रोपावरको आयोजना निर्माणको चरणमा रहेको कारण घाटामा वृद्धि देखिएको हो। कम्पनीले १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दैछ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोष भने ४२ करोड ५९ लाख ३७ हजार रुपैयाँ ऋणात्मक छ। यसका अतिरिक्त, कम्पनीको कुल चालु सम्पत्ति ३४ करोड रुपैयाँ र कुल चालु दायित्व ५७ करोड ७१ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ७८ पैसा ऋणात्मक छ भने, प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ९० पैसा छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया