insta insta

मध्य भोटेकोशी जलविद्युतको ‘लक इन’ अवधि आज सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ११ गते
मध्य भोटेकोशी जलविद्युतको ‘लक इन’ अवधि आज सकिँदै
Advertisement Ads

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको संस्थापक सेयरधनी, स्थानीय बासिन्दा, कम्पनीका कर्मचारी लगायतका समूहको सेयरको लक इन अवधि आजबाट सकिँदै छ।लकइन अवधि सकिएसँगै भोलि (कात्तिक १२) गतेदेखि यी समूहका सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर कारोबार गर्न सक्नेछन्।

२०७८ कात्तिक १२ मा सर्वसाधारणलाई बाँडिएको सेयरलाई ३ वर्षको लक इन अवधिमा राखिएको थियो। कम्पनीले एक सूचना जारी गर्दै आजबाट लक इन अवधि सकिएको जानकारी गराएको छ।

कुल ३ करोड ६ लाख कित्ता संस्थापक सेयर, सञ्चयकर्ता कर्मचारीतर्फको १ करोड १७ लाख कित्ता, संस्थापक संस्थाका कर्मचारीहरुको २१ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीतर्फको ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ६० लाख कित्ता र कम्पनीका कर्मचारीतर्फको ३ लाख ६० हजार कित्ता सेयर ३ वर्षका लागि ‘लक इन’ मा रहेको थियो।

लक इन अवधि सकिएपनि कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरू तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले भने सेयर खरीद बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ ।

89424ba3 39b0 4dbc 9e66 10c68159b887 https://bajarkochirfar.com/%e0%a4%ae%e0%a4%a7%e0%a5%8d%e0%a4%af-%e0%a4%ad%e0%a5%8b%e0%a4%9f%e0%a5%87%e0%a4%95%e0%a5%8b%e0%a4%b6%e0%a5%80-%e0%a4%9c%e0%a4%b2%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4%e0%a4%95 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स