प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी गरिएको खबरप्रति असन्तुष्टि जनाएका छन्।
संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विषय नै उठान नभएको कुरामा समाचार बनेको प्रति आपत्ति जनाउँदै छलफलमा नै नआएको विषयलाई लिएर समाचार सम्प्रेषण हुनु गलत रहेको बताए।
ओलीले भने, “उठानै नभएको विषयमा कसरी छलफल भइरहेको हो, मैले बुझेको छैन। न कुनै प्रस्ताव आएको छ, न विषय उठाइएको छ। उठान नै नभएको विषयमा हल्ला चलेको छ, जुन अनुचित हो।”
प्रधानमन्त्री ओलीले गलत सूचनाको आधारमा समाजलाई भ्रमित पार्ने पत्रकारिताको समेत आलोचना गरे।
उनले भने, “झूटा कुराको खेती गरेर समाजको सम्बन्ध बिगार्ने, परिवार र व्यक्तिगत विषयलाई उछाल्ने क्रियाकलाप उचित छैन।”
















प्रतिकृया