अमेरिकी राष्ट्रपति चुनावमा हालसम्मको मतगणना अनुसार रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पले स्विङ राज्य मानिने नर्थ क्यारोलिनामा र डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसले भर्जिनियामा विजय हासिल गरेका छन्। अमेरिकाको राष्ट्रपति बन्न २७० सिटको आवश्यकता पर्ने भएकाले स्विङ राज्यहरूमा जित अत्यन्त महत्वपूर्ण मानिन्छ।
हालका परिणाम अनुसार सात स्विङ राज्यहरूमध्ये नर्थ क्यारोलिना ट्रम्पको पक्षमा र भर्जिनिया ह्यारिसको पक्षमा गएको छ भने बाँकी पाँच स्विङ राज्यहरूमा ट्रम्पको अग्रता छ। यी राज्यहरूमा ट्रम्प विजयी भएमा राष्ट्रपति पदमा उनी पुनः निर्वाचित हुने सम्भावना बलियो हुनेछ।
अमेरिकाका ५० राज्यमध्ये धेरैजसो परम्परागत रूपमा डेमोक्रेटिक (निलो राज्य) वा रिपब्लिकन (रातो राज्य) पार्टीको समर्थन गर्ने हुन्छन्। तर, स्विङ राज्यका मतदाताहरू भने परिवर्तनशील छन्, जसले हरेक चुनावमा नयाँ नतिजा ल्याउन सक्छ। यस चुनावमा स्विङ राज्यका रूपमा पेन्सिल्भेनिया, मिशिगन, विस्कन्सिन, जर्जिया, नेभाडा, एरिजोना र नर्थ क्यारोलिना रहेका छन्।
बीबीसी







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया