चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा छिमेक लघुवित्तले २३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीले २२ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो।
इम्पेरमेन्ट चार्जमा ५२.०४ प्रतिशतको कमी आएसँगै नाफामा सामान्य वृद्धि भएको छ। कम्पनीको ब्याज आम्दानी घटेको छ। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.६७ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानीमा ३.१० प्रतिशतको गिरावट आएको छ।
असोज मसान्तसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । नाफाको वृद्धिसँगै कम्पनीको प्रति सेयर आम्दानी पनि ७१ पैसा बढेर ३१ रुपैयाँ ९१ पैसा पुगेको छ। साथै, प्रति सेयर नेटवर्थ २५६ रुपैयाँ ९९ पैसा रहेको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया