नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गर्दै आज (सोमबार) चितवनको सिमलताल बस घटनाबारे अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका छन् ।
सिमलतालमा पहिरोले दुई बस त्रिशूलीमा बगाएकोमा घटना अध्ययन गर्न गृह मन्त्रालयले सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको हो।
कार्यदल गठनसँगै गृहमन्त्री लेखकले प्राकृतिक प्रकोपलाई सम्बोधन गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।




















प्रतिकृया