कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.८२ प्रतिशत कम हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ५० लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १ करोड १० लाख रुपैयाँबाट घटेर १ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ, जसको कारण नाफामा दबाब परेको हो। यता कम्पनीको वित्तीय खर्च १८ लाख ७८ हजार रुपैयाँबाट घटेर १० लाख रुपैयाँमा झरेको छ।
कुथेली बुखरीको चुक्ता पुँजी १२ करोड १८ लाख ६७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १५.३१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४७.५२ रुपैयाँ रहेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया