कहिले सम्म कायम सेयरधनीले फरवार्ड माइक्रोफाइनान्सको लाभांश पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १० गते
कहिले सम्म कायम सेयरधनीले फरवार्ड माइक्रोफाइनान्सको लाभांश पाउने ?

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश  प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २८ गते शुक्रबार बिहान ११ बजे दिनेश चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा गर्ने निर्णय गरेको हो  ।

सभाले गत आर्थिक वर्षको नाफाबाट १४% लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने जनाएको छ । जस अनुसार कम्पनीको मंसिर १३ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन तथा साधारण सभामा भाग लिन सक्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स