एनएलजी इन्सुरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २६ गते
एनएलजी इन्सुरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन
AdvertisementAds

एनएलजी इन्सुरेन्सले जारी गर्न लागेको ६२.५६ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले भोलि कात्तिक २७ गते बुक क्लोज गर्ने भएकाले, आजसम्म कायम भएका सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले मंसिर ११ गतेदेखि हकप्रद सेयर जारी गर्दैछ। हाल कायम चुक्ता पुँजीको १०ः६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता सेयर जारी गर्न लागिएको छ। यो हकप्रद सेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ, जसअनुसार ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको सेयर जारी हुनेछ।

हाल एनएलजी इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ।

हकप्रद सेयरको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। लगानीकर्ताले एनएलजी इन्सुरेन्सका विभिन्न कार्यालयहरू, लक्ष्मी सनराइज बैंकले तोकेका शाखाहरू तथा सि-आस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स