मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका प्रहरी नायब निरीक्षकलाई पर्यो १० लाखको करदाता प्रोत्साहन बम्पर उपहार

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका प्रहरी नायब निरीक्षकलाई पर्यो १० लाखको करदाता प्रोत्साहन बम्पर उपहार
Advertisement Ads

मोबाइलको कभर र सिसा फेर्दा तिरेको ३५० रुपैयाँको कारोबारबाट नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक तुल पुडासैनीले १० लाख रुपैयाँको करदाता प्रोत्साहन बम्पर उपहार जितेका छन्।

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिने अवधिको करदाता प्रोत्साहन उपहारअन्तर्गत सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा विजेताको नाम सार्वजनिक गरेको हो। यसपटक दैनिक एक/एक जनाका दरले १६ जना र सबै सहभागीमध्येबाट एक जना बम्पर विजेता गरी कुल १७ जना छनोट भएका थिए।

त्यसमध्ये पुडासैनी बम्पर उपहारका विजेता बनेका हुन्। उनले मोबाइलको कभर र सिसा मर्मत गर्दा तिरेको ३५० रुपैयाँको कारोबार उपहारका लागि छनोट भएको हो।

पुडासैनी नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण, हेटौँडामा कार्यरत छन्। उनको स्थायी घर बाराको सिमरा हो।

अर्थ मन्त्रालयसँगको कुराकानीमा उनले मोबाइलको कभर र सिसा मर्मतका लागि दुई–तीनवटा पसल पुगेपछि गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सर्भिसमा कारोबार गरेको बताए।

“मोबाइलको कभर र सिसामा मर्मत गर्न दुई तीनवटा पसल चहारेर गणेश इलेक्ट्रेनिक्स एण्ड मोबाइल सर्भिसमा पुगेको थिएँ,” उनले भने, “त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ । एकदमै खुसी लाग्यो । सबैतिरबाट बधाई आइरहेको रहेको छ । सबैलाई बिल लिन र दिन मेरो अनुरोध छ ।”

पुडासैनीले सबैलाई सकेसम्म अनलाइनमार्फत कारोबार गर्न तथा सामान खरिद गर्दा बिल लिन र व्यवसायीले पनि बिल दिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स