एनएमबि लघुवित्तको नाफामा सुधार, ब्याज आम्दानी बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २७ गते
एनएमबि लघुवित्तको नाफामा सुधार, ब्याज आम्दानी बढ्यो
AdvertisementAds

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा लघुवित्तले ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष सोही अवधिमा भने एनएमबि लघुवित्त ४ करोड ७३ लाख रुपैयाँ घाटामा थियो। 

लघुवित्तको ब्याज आम्दानी ४०.८६ प्रतिशतले बढेर ८ करोड ८ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यसले ५ करोड ७४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। यसैगरी, कुल सञ्चालन आम्दानी ३७.९९ प्रतिशतले वृद्धि भएको छ। लघुवित्तको संचालन मुनाफा ७१ लाख ३९ हजार रुपैयाँ पुगेको छ । 

एनएमबि लघुवित्तको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको २६ रुपैयाँ २५ पैसा ऋणात्मक थियो,अहिले प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँमा पुगेको छ। यस्तै प्रतिशेयर नेटवर्थ १३०.२४ रुपैयाँ रहेको छ। लघुवित्तको जगेडा कोषमा २१ करोड ८१ लाख रुपैयाँ सञ्चित छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स