+२ पास भएकाहरुलाई एनएमबि माइक्रोफाइनान्समा जागिर खुल्यो, कति दिन्छ तलब ?
एनएमबि बैंकको सहायक कम्पनी एनएमबि माइक्रोफाइनान्सले विभिन्न पदहरूमा कर्मचारी माग गर्दै १५ दिनभित्र अनलाइन आवेदन दिन आह्वान गरेको छ।
विभागीय प्रमुख, सूचना प्रविधि र शाखा कार्यालयका लागि सहायक प्रशिक्षार्थी पदमा कर्मचारी आवश्यक रहेको छ। सम्बन्धित पदअनुसार सीए, सूचना प्रविधिमा स्नातक, वा +२ पाससहित अनुभव भएका उम्मेदवारहरू योग्य ठहरिनेछन्।
उमेर सीमा अधिकृत पदका लागि २१–४० वर्ष र सहायकका लागि १८–३९ वर्ष निर्धारण गरिएको छ, महिलाका लागि ५ वर्ष अतिरिक्त छुट दिइनेछ।
सहायक प्रशिक्षार्थीलाई मासिक रु. २५,०८० तलबसहित अन्य सुविधा प्रदान गरिनेछ। आवेदन (www.nmbmicrofinance.com) मार्फत दिन सकिनेछ।