SHAREHUBSHAREHUB

मर्जर प्रस्ताव सहित एनएमबि लघुवित्तले बोलायो वार्षिक साधारणसभा

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ११ गते
AdvertisementAds
मर्जर प्रस्ताव सहित एनएमबि लघुवित्तले बोलायो वार्षिक साधारणसभा
AdvertisementAds

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो बाह्रौं वार्षिक साधारणसभा यही असार ३२ गते बिहान ९ बजे, पोखराको होटल सिटी स्क्वायर प्रा.लिमा बोलाएको छ।

साधारणसभामा कम्पनीको संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग सम्भावित मर्जरको लागि तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।

त्यसका साथै, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्दै उनको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।

सभा प्रयोजनका लागि कम्पनीले असार २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार, असार २३ गतेसम्म नेप्सेमा नाम दर्ता गराएका सेयरधनीहरूले मात्र उक्त साधारणसभामा सहभागिता जनाउन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स