एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई जानकारी गराउँदै १३औं वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको चैत ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले साधारण सभा चैत २५ गते, बुधवार, बिहान १० बजे, पोखरा–८, न्यूरोडस्थित होटल सिटी स्क्वायर प्रा.लि. मा बस्ने निर्णय गरेको हो। सभामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘घ’ वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने वा प्राप्ति सम्बन्धी प्रक्रिया उपयुक्त देखिएमा अघि बढाउने मुख्य प्रस्ताव पारित गरिनेछ।
साथै, सञ्चालक समितिका अध्यक्षद्वारा पेश आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने योजना छ। आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा एनएमबि बैंकबाट एनएमबि लघुवित्तमा सञ्चालक प्रतिनिधि नियुक्ति अनुमोदन गर्ने विषयहरू पनि सभामा समावेश छन्।
साधारण सभा प्रयोजनका लागि संस्थाले चैत १७ गते एक दिनको सेयर दाखिल खारेजी (बुक क्लोज) गर्ने निर्णय गरेको छ र यस अनुसार चैत १६ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।



















प्रतिकृया