SHAREHUBSHAREHUB

मर्जर प्रक्रिया अघि बढाउने प्रस्तावसहित एनएमबि लघुवित्तको साधारण सभा आज बस्दै

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३२ गते
AdvertisementAds
मर्जर प्रक्रिया अघि बढाउने प्रस्तावसहित एनएमबि लघुवित्तको साधारण सभा आज बस्दै
AdvertisementAds

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा आज बिहान ९ बजेदेखि पोखरास्थित होटल सिटी स्क्वायर प्रा.लिमा सुरु हुँदैछ।

सभाले कम्पनीको सेयर संरचना संस्थापक पक्षको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन र सो सम्बन्धमा आवश्यक परे कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ।

त्यस्तै, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै चालु आवका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असार २४ गते एक दिन बुक क्लोज गरिसकेको छ। त्यसैले असार २३ गतेसम्म नेप्सेमा दर्ता भएका शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स