उन्नति सहकार्य लघुवित्तको नाफासँगै एनपिएल बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २८ गते
उन्नति सहकार्य लघुवित्तको नाफासँगै एनपिएल बढ्यो

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.९५ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा संस्थाले २२ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो।  

कम्पनीको खुद ब्याज आम्दानी पनि ४१.१६ प्रतिशतले बढेको छ । यता सञ्चालन नाफा पनि १.९८ प्रतिशतले वृद्धि भएको छ। संस्थाको चुक्ता पूँजी २४ करोड ६८ लाख ६५ हजार रुपैयाँ रहेको छ। जगेडा कोषमा ९ करोड ४ लाख रुपैयाँ संचित छ। संस्थाको निष्क्रिय कर्जा अनुपात ४.५६ प्रतिशत विन्दुबाट बढेर ७.०३ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ३.७२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३८.६७ रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स