उन्नति सहकार्य लघुवित्तले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ११ गते
उन्नति सहकार्य लघुवित्तले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?
AdvertisementAds

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११औं वार्षिक साधारण सभा चैत २८ गतेका लागि आह्वान गरेको छ। कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा बिहान १० बजे रुपन्देहीस्थित एशियन बुद्ध होटलमा बस्ने निर्णय गरेको हो।

यस वर्ष भने कम्पनीले सेयरधनीहरूलाई कुनै लाभांश प्रस्ताव नगरेकोले उनीहरूको हात रित्तो रहने भएको छ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ।

त्यसैगरी, संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक नियुक्ति गर्ने एजेण्डा पनि सभामा समावेश छ।

कम्पनीले अन्य लघुवित्त संस्थासँग मर्जरमा जान आवश्यक प्रक्रिया अघि बढाउन, तथा सम्बन्धित निकायबाट निर्देशन प्राप्त भएमा प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत राख्नेछ।

AdvertisementAds

यसैगरी, सेयर स्वामित्व संरचना परिवर्तन गरी संस्थापकतर्फ ५५.५८ प्रतिशत र सर्वसाधारणतर्फ ४४.४२ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स