उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तित भएको छ। कम्पनीले संस्थापकको स्वामित्व ६२.४१ प्रतिशत र सर्वसाधारणहरुको स्वामित्व ३७.५९ प्रतिशत कायम गरेको हो । कम्पनीले हाल कायम सेयर संरचना परिवर्तनको लागि आवश्यक सम्पूर्ण प्रकृया पूरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख भएको हो ।
परिवर्तित सेयर संरचना अनुसार कुल सेयरसंख्या २४ लाख ६८ हजार कित्तामध्ये संस्थापक तर्फ १५ लाख ४० हजार ६८९.०६ र सर्वसाधारणतर्फ ९ लाख २७ हजार ९६८.३० कित्ता अभिलेख गरिएको जानकारी नेप्सेले दिएको छ ।


प्रतिकृया