उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा माघ २६ गते शनिबार बिहान ११ बजे भैरहवास्थित होटल सनस्टार इन्टरनेसनल प्रालिमा बस्ने भएको छ।
सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सानमाथि छलफल गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ। त्यसैगरी, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन प्रक्रिया अघि बढाउन तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ।
कम्पनीले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव प्रस्तुत नगरेकाले सेयरधनीहरूको हात यस पटक खाली रहनेछ।
सभा प्रयोजनका लागि माघ १५ गते बुक क्लोज गरिसकेको हुँदा माघ १४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुनसक्नेछन्।














![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया