उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११औँ वार्षिक साधारणसभा चैत २८ गते शनिबार बिहान १० बजे रुपन्देहीको भैरहवा उपमहानगरपालिका–८ स्थित एशियन बुद्ध होटलमा आयोजना गर्ने भएको छ। कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको २५१औँ बैठकले उक्त निर्णय गरेको हो।
सभामा अन्य इजाजतपत्रप्राप्त लघुवित्त संस्थासँग गाभिने/गाभ्ने (मर्जर) वा प्राप्ति सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अधिकार दिने प्रस्ताव पारित गरिनेछ। साथै संस्थापकतर्फ ५५.५८ प्रतिशत र सर्वसाधारणतर्फ ४४.४२ प्रतिशत सेयर स्वामित्व कायम गर्ने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ।
यसैगरी, नियामक निकायबाट आवश्यक निर्देशन वा सुझाव आएमा सोही अनुसार संशोधन गर्न सञ्चालक समिति वा तोकिएको पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव समेत सभामा राखिनेछ। सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्नेछ।
त्यस्तै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने रिक्त एक सञ्चालक पदमा गरिएको नियुक्ति अनुमोदन गर्दै बाँकी अवधिका लागि निर्वाचन गर्ने, तथा चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
वार्षिक साधारणसभा प्रयोजनका लागि चैत १६ गते एक दिन बुक क्लोज रहनेछ। चैत १५ गतेसम्म नेप्सेमा कारोबार भई सेयरधनी दर्ता किताबमा कायम रहने सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।












![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया