आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँको नोक्सान व्यहोरेको छ, जुन गत वर्षको यसै अवधिमा २ करोड ६४ लाख रुपैयाँको नोक्सानमा थियो।
नोक्सानको मुख्य कारण कम्पनीको इम्पेयरमेन्ट चार्ज र अन्य खर्चमा वृद्धि हो। यस अवधिमा कम्पनीले ८ करोड ५५ लाख रुपैयाँको इम्पेयरमेन्ट चार्ज रहेको छ। साथै, कम्पनीको चुक्ता पुँजी ६४ करोड १६ लाख रुपैयाँ रहेको छ रभने जगेडा कोषमा ३५ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।
नोक्सान बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३० पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ९७ पैसा रहेको छ।









![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया