आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २५ गते
आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
AdvertisementAds

आशा लघुवित्त वित्तीय संस्थाले २ लाख ८४ हजार ३९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। हालका लागि यो सेयर संस्थाका संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

सेयर खरिदका लागि ३५ दिनको म्याद तोकिएको छ र यस अवधिभित्र संस्थापक सेयरधनीहरुले काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा, संस्थाले सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री खुला गर्ने योजना बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स