आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरणका लागि मंसिर २२ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा सेयर कायम रहेका सेयरधनीहरूले आगामी साधारण सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न सक्नेछन्।
लघुवित्तले पुस ४ गते शुक्रबार काभ्रेपलाञ्चोकस्थित होटल अरनिको प्रा.लि., धुलिखेलमा साधारण सभा बोलाएको छ, जसको बैठक दिउँसो २ बजेबाट सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीमा ९.५ प्रतिशत बोनस सेयर र बोनस प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै, अन्य लघुवित्तहरूसँग मर्जर वा एक्विजिशन सम्बन्धी प्रक्रिया अघि बढाउन, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, र नयाँ लेखापरीक्षक नियुक्त गर्नेजस्ता प्रस्तावहरू पनि सभाबाट अनुमोदन गरिनेछ।















प्रतिकृया